🔥 Daily Updated Xada Nepali Stories (18+)

Explore the spiciest trending adult stories in Nepali. New content added daily!

Read Now

Sunday, May 1, 2016

यौन जिज्ञासा लगातार राति काम गर्दा यौनमा कत्तिको असर पर्छ? असर पर्छ भने यसका समाधान के–के छन्? यौन पार्टनर नहुँदा हस्तमैथुन गर्ने गरेको छु। यसले पछि कुनै असर गर्छ कि गर्दैन?

0
म २६ वर्षीय विवाहित पुरुष हुँ। अहिले साउदी अरबमा काम गर्दै छु। मेरो ड्युटी राति हुन्छ। लगातार राति काम गर्दा यौनमा कत्तिको असर पर्छ? असर पर्छ भने यसका समाधान के–के छन्? यौन पार्टनर नहुँदा हस्तमैथुन गर्ने गरेको छु। यसले पछि कुनै असर गर्छ कि गर्दैन?

-एस स्वस्थ जीवनका लागि सन्तुलित खाना, पर्याप्त आराम, यौन चाहनाको पूर्ति आवश्यक पर्छ। तपाईं विदेशमा काम गर्दै हुनुहुन्छ, त्यसमा पनि रातिको ड्युटी छ। तपाईंले आफ्नो स्वास्थ्य मेन्टेन गर्न पर्याप्त आराम पनि गर्नैपर्छ। कम्पनीले तपाईंलाई आरामको समय दिएकै होला। कम समयमै बढी पैसा कमाउने लोभले निद्रा मारेर लामो समय ओभरटाइम गर्नुभयो भने तपाईंको स्वास्थ्यमा गडबडी आउन सक्छ। स्वास्थ्य बिग्रन थालेपछि तपाईंको यौन स्वास्थ्य पनि कमजोर हुन थाल्छ। त्यसकारण काम सँगसँगै आराम पनि गर्नुहोला। राति अबेरसम्म काम गर्दा यौन स्वास्थ्यमा असर पर्छ कि पर्दैन भन्ने तपाईंको जिज्ञासामा यति भन्न सकिन्छ, राति काम गरे पनि दिनभरि आराम गर्नुभएको छ र सुत्नु भएको छ भने यसले तपाईंको यौन स्वास्थ्यमा केही फरक पार्दैन। तर, निद्रा नै नलाग्ने, निद्राको औषधि सेवन गर्नुपर्ने अवस्था छ भने यसले चाहिँ यौन चाहनामा ह्रास ल्याउन सक्छ। यौन पार्टनर नहुँदा हस्तमैथुन गरेर यौन चाहना पूरा गर्नु साह्रै सकारात्मक कुरा हो। यसले एचआईभीजस्ता रोगबाट बचाउनुका साथै तपाईंले विदेशी भूमिमा दुःख गरेर कमाएको पैसा पनि जोगाउँछ। विदेशी भूमिमा रगत–पसिना बगाएर कमाएको पैसा यौन चाहना मेट्न यौनकर्मीकहाँ गएर खर्च गर्न थालियो भने घरका लालाबाला भोकै पर्नेछन्। त्यसैले यौन चाहना मेट्न हस्तमैथुन गर्नु सोह्रै आना उपयुक्त हुन्छ। अधिकांश मानिसमा हस्तमैथुनसम्बन्धी भ्रम रहेको हुन्छ। यौन चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ। हस्तमैथुन गर्दा के–के न बिराएँ भनी चिन्ता गर्नुपर्दैन। हस्तमैथुनका नकारात्मक प्रभाव केही पनि छैनन्। पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ। सय थोपा रगत बराबर एक थोपा वीर्य हुन्छ भन्ने मान्यता छ। यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन्। यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फुर्तिलो बनाउँछ। पछिल्लो समयमा चिकित्सकहरूले ...धात सिन्ड्रोम' भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन्। बढ्दो एचआईभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ। वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो। पिच्च–पिच्च थुकिरहे पनि मुख सुक्खा हुने गरी कहिल्यै सुक्दैन। वीर्य स्खलन भएर सकिने चिज पनि होइन। अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ। हस्तमैथुनले यौनजीवनलाई कुनै असर गर्दैन।

Author Image
AboutNepali kanchi

Hi all Nepali Youn Katha Readers I am Your Nepali Kanchi 25year female from kathmandu if you want to spend good time with me contact me at younnepal@gmail.com. I will reply as soon as possible. Enjoy Reading the nepali stories.

No comments:

Post a Comment