रसुवा, वैशाख १९ - बोक्सीको आरोप लगाइ रसुवामा एक महिलाको हत्या गरिएको छ ।
भिडियेा हेर्न side केा link मा click गर्नुहेास्।।।
यार्सा गाविस वडा नं ९ घोर्मु गाउँमा बोक्सीको आरोप लगाउँदै केही व्यक्तिले एक महिलाको हत्या गरेका छन् । बोक्सीको आरोपमा यार्सा ९ की अन्दाजी ५५ वर्षीया तुलु सार्की थिङको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन मार्फत बताएको हो ।
हत्यामा संलग्न यार्सा ९ का २७ वर्षीय मृतकका भतिजा कान्छा सेर्पा, भतिजी बुहारी ४० वर्षीया लवाङ बुटी र भोर्ले २ का साहिँला भनिने ५० वर्षीय छेनुर्वु तामाङ रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइ सकिएको जिल्ला प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिएका छन् ।
बोक्सीको आरोप लगाउँदै गत चैत ५ गते अमानवीय व्यवहार गरी गाउँ निकाला गरेपछि केरुङतर्फ गएका तुलुलाई पुनः गाउँमा बोलाई यही वैशाख ४ गते घरको आँगनमा कुटपिट गरी गाउँबाट पश्चिमतर्फ रहेको सल्लाघारी जङ्गल बीचमा लगेर खाल्टो खनि जिउँदै आगो लगाई पुरेको भेटिएको जनाइएको छ ।
प्रहरीले मृतकको शव उत्खनन गरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँमा पठाइएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाले प्रहरीलाई कहीँ कतैबाट सूचना प्राप्त नभए पनि हल्लाका आधारमा अनुसन्धान गर्दै जाँदा १५ दिनको अन्तरालमा घटना पत्ता लगाई अपराधी पक्राउ गर्न सफल भएको बताएको छ ।